दराज र एनएमबि बैंकबीच साझेदारी, धितोरहित कर्जा सुविधाको सुरुवात
_LbtsFNZMNM.jpg)
काठमाडौं । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुविधाको सुरुवात गरेको छ । दराज एनएमबि सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गरेका छन् ।
दराज एनएमबि सजिलो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबि बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन् । दराज र एनएमबि बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ ।
दराज एनएमबि सजिलो कर्जाको मुख्य विशेषताहरू मध्ये एक धितोरहित ऋणको प्रावधान हो। यसको मतलब विक्रेताहरूले कुनै पनि प्रकारको धितो प्रदान नगरी आवश्यक बस्तुमा पहुँच पुर्याउनेछन् ।
दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋण रकमले विक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउँछ ।
दराज एनएमबि सजिलो कर्जा सुविधा प्राप्त गर्न, विक्रेताहरूले म्बचबश क्भििभच ऋभलतभच मा गएर अनलाइन ऋणको लागि आवेदन दिन सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध
-
दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार
-
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु