सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’को भिडियो

आइतबार, २८ जेठ २०८०

काठमाडौँ । रेशम चौधरीको स्वर रहेको टिकटकमा भाइरल गीत ‘कस्तो होला भाटु राजाको दरबार’ को भिडियो निर्माण भएको छ । भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ लगायतको अभिनय छ । 

थारु समुदाय भित्रको रहन सहन, कला संस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाको छायांकन र सागर क्षेत्रीको निर्देशन छ । 

रेशम चौधरी र आभा मुकारुङको स्वर रहेको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन्, भने शब्द रामचन्द्र बोगटीको छ । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोका निर्माता कुमार कार्की हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया