मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटकै कारण सरकार ढल्दैन : सांसद सापकोटा

आइतबार, २८ जेठ २०८०, १८ : २७
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् ।  

सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् ।  

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताए । 

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरु हल गर्दै जानुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप