शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय सिरियल ‘स्वराज’मा नेपाली तेरिया

आइतबार, २८ जेठ २०८०, १८ : ४२
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो ‘झलक दिखला जा–९’ र ‘डीआईडी लिटिल मास्टर–३’की विजेता बनेपछि देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय गरेकी छन् । 

भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुति रहेको सिरियलको प्रोमो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै उनले सा जानकारी दिएकी हुन् ।

प्रोमोको उनलाई लडाकु अवतारमा देख्न सकिन्छ । सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको उनले जनाएकी छन् । रानी गाइदिन्ल्यूले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् । 

‘यस्तो वीर चरित्रमा अभिनय मेरो लागि उल्लेखनीय क्षण थियो । धेरै कुरा सिक्नु पाएँ र सुटिङमा राम्रो समय बित्यो’ उनले भनेकी छन् । प्रोमोमा उनलाई पर्याप्त स्थान दिइएको छ । उनले इन्स्टामा सिरियल छायांकनका केही तस्विरहरु पनि शेयर गरेकी छन् । जसमा उनी रोंगमेई नागा पहिरनमा देखिएकी छन् । एउटा तस्बिरमा उनलाई वाण बोकेको अवस्थामा देख्न सकिन्छ ।

तेरियाको अभिनय रहेको अंश आइतबार साँझ ९ बजे दूरदर्शन टेलिभिजनमा प्रसारण हुनेछ । उनी सिरियललाई लिएर निकै उत्साहित देखिएकी छन् ।

नेपालको थुप्रै फिल्मबाट अफर मिल्दा पनि अभिनय नगरेकी तेरिया लामो समयदेखि भारतमा बसेर आफ्नो करिअरलाई अगाडि बढाइरहेकी छन् । उनी नेपालको  रुपन्देहीकी बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप