प्रतिनिधिसभामा दुई वटा विधेयक पेस
सोमबार, २९ जेठ २०८०, १८ : ४६
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् ।
सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए ।
तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण