बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा दुई वटा विधेयक पेस

सोमबार, २९ जेठ २०८०, १८ : ४६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस  भएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् ।  

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए । 

तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप