आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महिला क्रिकेट : पाकिस्तानद्वारा नेपाललाई ८८ रनको लक्ष्य

मङ्गलबार, ३० जेठ २०८०, ०९ : ३१
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको हो । 

हङकङको मङकक क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बताइन् भने कप्तान फातिमा सानाले १६ रन बताइन् । पाकिस्तानलाई सस्तोमा समेट्न नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामगरले २–२ विकेट लिइन् ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप