महिला क्रिकेट : पाकिस्तानद्वारा नेपाललाई ८८ रनको लक्ष्य
मङ्गलबार, ३० जेठ २०८०, ०९ : ३१
काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको हो ।
हङकङको मङकक क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बताइन् भने कप्तान फातिमा सानाले १६ रन बताइन् । पाकिस्तानलाई सस्तोमा समेट्न नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामगरले २–२ विकेट लिइन् ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण