किन हुन्छ भिग्री–स्वर्गद्वारी सडकखण्डमा पटक–पटक दुर्घटना ?
दाङ । प्यूठानको भिग्री–स्वर्गद्वारी सडकखण्डमा सोमबार दिउँसो सवारी दुर्घटनामा ८ जनाको मृत्यु भयो । स्वर्गद्वारी मन्दिर दर्र्शन गरी फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३० वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल, लमही नगरपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीय श्रीमती राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह, गाडी चालक लमही–५ तारा कुमाल सहित ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा ८ जना सवार कार सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । साँघुरो घुम्ती र उकालो–ओरोलो सडकमा अनियन्त्रित हुँदा उक्त कार खसेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म उक्त सडकमा ८ वटा दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । सो खण्डमा पछिल्लो पाँच वर्षमा ७ महिला, १७ पुरुष र ६ बालक गरी ३० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । यस्तै १५ महिला ३ पुरुष र ३ बालक सो अवधिमा घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापाले जानकारी दिए ।
सो सडक खण्डमा स्वर्गद्वारीतर्फ जाँदा उकालोसहितको घुम्ती र फर्किँदा ओरालोसहितको घुम्ती रहेका कारण सानो लापरवाही हुँदासमेत दुर्घटनाको जोखिम रहने प्रहरीको भनाइ छ । थापाले भने, ‘जाँदा उकालो र आउँदा घुम्तीसहितको ओरालो छ । नयाँ चालकले सिङ्गल ब्रेकमा मात्रै सवारी झार्दा दुर्घटना हुने गर्दछ ।’
सडक विकासका हिसाबले भिग्री–स्वर्गद्वारी सडक कालोपत्रे रहे पनि सडक सुरक्षाका हिसाब असुरक्षित रहेको पाइन्छ । थापाले भने, ‘भिग्री–स्वर्गद्वारी सडक स्तरोन्नति नभएसम्म यस्तो जोखिम कायम रहन्छ ।’
सडक कटिङ्ग गरी स्तरोन्नति गर्न सके स्वर्गद्वारी दर्शनका लागि भित्रिने र बाहिरिने दर्शनार्थीहरुको यात्रा केही हदसम्म सुरक्षित तुल्याउन सकिने सरोकारवाला बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण