सावित्रा भण्डारीले इजरायली क्लबबाट खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् । सावित्राले व्यवसायिक फुटबल खेल्न इजरायलको हापोएल रानानासँग सम्झौता गरेको समाचारमा जनाइएको छ ।
हापोएल रानाना इजरायलको पहिलो श्रेणीको क्लब हो । सावित्रा नेपाली फुटबल समर्थकमाझ ‘साम्बा’ उपनामले परिचित छिन् । सावित्रा युरोपिन राष्ट्रमा व्यवसायिक फुटबल खेल्ने पहिलो महिला नेपाली खेलाडी पनि बनेकी छन् ।
२७ वर्षीया सावित्राले इजरायली क्लबबाट सन् २०२३/२४ सिजनमा व्यवसायिक फुटबल खेल्ने समाचारमा जनाइएको छ । हापोएल रानानाको महिला फुटबल टोलीको आधिकारिक फेसबुक पेजमा पनि सावित्रालाई स्वागत गरिएको छ ।
‘लामो समयको प्रयास र छलफलपछि अन्ततः सावित्रा भण्डारी हाम्रो क्लबमा आबद्ध भएकी छन् । उनी नेपालकी प्रभावशाली खेलाडी हुन् । उनीसँग अद्भुत क्षमताकी धनी खेलाडी हुन्,’ क्लबको फेसबुक पेजमा भनिएको छ, ‘बधाई र स्वागत छ, साम्बालाई ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण