आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सावित्रा भण्डारीले इजरायली क्लबबाट खेल्ने

मङ्गलबार, ३० जेठ २०८०, १५ : १४
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् । सावित्राले व्यवसायिक फुटबल खेल्न इजरायलको हापोएल रानानासँग सम्झौता गरेको समाचारमा जनाइएको छ ।

हापोएल रानाना इजरायलको पहिलो श्रेणीको क्लब हो । सावित्रा नेपाली फुटबल समर्थकमाझ ‘साम्बा’ उपनामले परिचित छिन् । सावित्रा युरोपिन राष्ट्रमा व्यवसायिक फुटबल खेल्ने पहिलो महिला नेपाली खेलाडी पनि बनेकी छन् ।

२७ वर्षीया सावित्राले इजरायली क्लबबाट सन् २०२३/२४ सिजनमा व्यवसायिक फुटबल खेल्ने समाचारमा जनाइएको छ । हापोएल रानानाको महिला फुटबल टोलीको आधिकारिक फेसबुक पेजमा पनि सावित्रालाई स्वागत गरिएको छ ।

‘लामो समयको प्रयास र छलफलपछि अन्ततः सावित्रा भण्डारी हाम्रो क्लबमा आबद्ध भएकी छन् । उनी नेपालकी प्रभावशाली खेलाडी हुन् । उनीसँग अद्भुत क्षमताकी धनी खेलाडी हुन्,’ क्लबको फेसबुक पेजमा भनिएको छ, ‘बधाई र स्वागत छ, साम्बालाई ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप