यस्ताे छ एनसेल प्रकरणमा मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले एनसेलका बारे अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसमा खटिने वकिललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय कोर्टमा एनसेलले नै मुद्दा गरेको थियो । त्यस सन्दर्भमा केही दिन अगाडि मात्रै फैसला भएको थियो भने त्यसमा नेपाल पक्षले जितेको छ । यदि नेपाल पक्ष हारेको भए रु ६०/६५ अर्ब नेपाललाई घाटा हुन्थ्यो । सो मुद्दा जित्नु मुलुकको लागि हितजन्य कार्य भएको बताउँदै मन्त्री गुरुङले मुद्दामा पैरवी गर्ने वकिल, कानुन मन्त्रालयलगायत अहोरात्र खटिने सबै पक्षलाई धन्यवाद दिने निर्णय भएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण