जनतालाई झुटो आश्वासन दिएर अलमलमा पार्नु हुँदैन : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुटो आश्वासन दिएर अलमलमा पार्न नहुने बताएकी छन् ।
भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न गरिन् ।
‘जनप्रतिनिधिले बोलेको कुरा पुरा गर्नुपर्छ’ उनले भनिन् ‘हामी जे बोल्छौँ, त्यो पुरा गर्छौँ। पुरा नहुने कुरा गर्न हुन्न भन्ने मेरो मान्यता हो।’
भरतपुरलाई यो कार्यकालमा देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने सङ्कल्प पुरा गर्ने प्रमुख दाहालको भनाइ छ ।
अबको ४ वर्ष कति पनि कति पनि अलमल नगरी भरतपुरको विकासमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
भरतपुरको विकासबाहेक मन मस्तिष्कमा कुनै पनि इच्छा चाहना नरहेको भन्दै प्रमुख दाहालले भरतपुरलाई अब हरियाली र सौन्दर्यीकरण गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गरिन् ।
नारायणीमा अहिले ५ वटा प्याकेजमा भइरहेको तटबन्धनले तटीय क्षेत्रमा बसोबास गर्ने जनताको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उनले बताइन् ।
वर्षातको समयमा हुने बाढीको जोखिम अब सयौँ वर्षसम्मको लागि अन्त्य भएको जिकिर गरिन् ।
वितगको वर्षहरुमा बाढी आउँदा तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा कहाँ लैजाने भन्ने सस्ती हुने गरेकोले यस वर्षदेखि यो समस्या हटेको उनले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम राना मगरले भरतपुरको विकासको कार्यलाई अगाडि बढाउन सधैँ तत्पर रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण