कांग्रेस पार्टीगत हिसाबले चल्न सकेन : नेता केसी
काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान अन्तरगत प्रदेश-१ को कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रदेश-१ को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर अभियान प्रदेश १ को कार्यक्रम सम्पन्न भए सँगसँगै अन्त्य भएको बताए ।
कांग्रेस पार्टीगत हिसाबले नचलेको भन्दै उनले पार्टी भित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको बताए ।
उनले नेतृत्वहरूलाई सफा नबनाएसम्म तल्लो तहमा सफाइ नहुने आम सर्वसाधारणले अभियानका क्रममा बताएको बताए ।
केसीले नेपाली कांग्रेस पार्टीभित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझ्ने र एकल ढंगले आफूले जे गर्यो त्यही नै ठिक भन्ने प्रवृत्ति निरङ्कुश रहेको बताए ।
केसीले माथिका तहले गरेको निर्णयमाथि कसैले पनि केही बोल्न नहुने र नपाउने अवस्थामाथि छानबिन गर्न आवश्यक रहेको बताए । उनले यस्तो अवस्थाले पार्टी नै सङ्कटतर्फ अगाडि बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण