प्रदेश
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, सरकारले अध्यादेशबाट बजेट ल्याउने
बुधबार, ३१ जेठ २०८०, २३ : १०
विराटनगर । नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।
बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।
प्रदेशको वर्षे अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिएको छ । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई बाइपास गर्दै बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेशसभामा बुधबार नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण