शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको करियरकै चाँडो गोल

बिहीबार, ३२ जेठ २०८०, २० : ५६
बिहीबार, ३२ जेठ २०८०

बेइजिङ । कप्तान लियोनेल मेस्सीले आफ्नो करियरकै सबैभन्दा चाँडो गोल गर्दा अर्जेन्टिनाले अस्ट्रेलियामाथि सहज जित हासिल गरेको छ । बिहीबार चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको हो ।

विश्वकपको अन्तिम–१६ को रिप्ले खेलमा मेस्सीले १२० सेकेन्डभित्र नै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अस्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै दोस्रो हाफमा रोड्रिगो डि पाउलको पासमा जर्मन पेजेलाले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि पनि अर्जेन्टिनाले तेस्रो गोलको थुप्रै प्रयास गरे पनि सफल भने हुन सकेन । पछिल्ला ४७ खेलमा अर्जेन्टिना मात्र एक खेलमा पराजित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप