मेस्सीको करियरकै चाँडो गोल
बिहीबार, ३२ जेठ २०८०, २० : ५६
बेइजिङ । कप्तान लियोनेल मेस्सीले आफ्नो करियरकै सबैभन्दा चाँडो गोल गर्दा अर्जेन्टिनाले अस्ट्रेलियामाथि सहज जित हासिल गरेको छ । बिहीबार चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको हो ।
विश्वकपको अन्तिम–१६ को रिप्ले खेलमा मेस्सीले १२० सेकेन्डभित्र नै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अस्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै दोस्रो हाफमा रोड्रिगो डि पाउलको पासमा जर्मन पेजेलाले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि पनि अर्जेन्टिनाले तेस्रो गोलको थुप्रै प्रयास गरे पनि सफल भने हुन सकेन । पछिल्ला ४७ खेलमा अर्जेन्टिना मात्र एक खेलमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण