जुलाई–अप्रिलमा बंगलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

बंगलादेश । सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बंगलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
बंगलादेश बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बंगलादेशको आयात भुक्तानी १४.४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५.०६ प्रतिशतले वृद्धि भई ४३.०५ अर्ब डलर पुगेको छ ।
गत आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बंगलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बंगलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनामा बंगलादेशले १७ अर्ब ७२ करोड डलर विप्रेषण भित्राएको थियो । मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढवा दिन बैंकले हालैका महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ ।
निर्यातलाई बढवा दिनको लागि बैंकले गत वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो । यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधा जनक जनाएको बताइएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता