जुलाई–अप्रिलमा बंगलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो
बंगलादेश । सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बंगलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
बंगलादेश बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बंगलादेशको आयात भुक्तानी १४.४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५.०६ प्रतिशतले वृद्धि भई ४३.०५ अर्ब डलर पुगेको छ ।
गत आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बंगलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बंगलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनामा बंगलादेशले १७ अर्ब ७२ करोड डलर विप्रेषण भित्राएको थियो । मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढवा दिन बैंकले हालैका महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ ।
निर्यातलाई बढवा दिनको लागि बैंकले गत वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो । यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधा जनक जनाएको बताइएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण