सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

शुक्रबार, ०१ असार २०८०, १४ : ५६
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदै छिन् । 

पूर्णिमालाई सम्मान तथा साथ दिँदै ’आइएमई’ र ’आइएमई पे’ ले आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लागेकी हुन् ।  

७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । 

फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप