शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गर्मीमा छिट्टै बिग्रन्छ केरा ? चार सजिलो तरिकाले लामो समयसम्म राख्नुहोस् ताजा

शुक्रबार, ०१ असार २०८०, १६ : २६
शुक्रबार, ०१ असार २०८०

केरा धेरैको मनपर्ने फलफूलमध्ये एक हो । गर्मी होस् वा जाडो, हरेक मौसममा केरा खाइन्छ । अरू मौसमको तुलनामा गर्मीमा केरा बिग्रने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ केरा यति धेरै किनिन्छ कि यो खान नसकिँदै बिग्रेर खेर जाने गर्छ । यस्तोमा केही सरल तरिका अपनाएर केरालाई लामो समयसम्म ताजा राख्न सकिन्छ । 

ऊर्जाको खानी

केरालाई ऊर्जाको खानी मानिन्छ । यसमा प्रचुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । त्यसैले धेरै मानिसले यसलाई आफ्नो दैनिक आहारमा समावेश गर्छन् । यद्यपि, सधैँ केरा किन्न सम्भव पनि नहुन सक्छ । त्यसैले एकै पटक धेरै केरा किन्नुभयो भने केही टिप्स र ट्रिक अपनाउन फाइदाजनक हुनसक्छ । 

डाँठ छोप्नुहोस्

केरा डाँठबाट बिग्रन सुरु हुन्छ । त्यसैले केरालाई लामो समयसम्म राम्रो अवस्थामा राख्न चाहनुहुन्छ भने यसलाई सुख्खा स्थानमा राख्नुहोस् र माथिको डाँठलाई कुनै पेपर वा प्लास्टिकले र्‍याप गर्नुहोस् । यसो गर्दा केरा लामो समयसम्म खराब हुँदैन ।

ह्याङ्गर प्रयोग गर्नुहोस्

केरालाई कतै भुईँमा राखेको छ भने भुईँतिर भएको भाग छिटो गल्न थाल्छ । त्यसैले केरालाई लामो समयसम्म टिकाउनका लागि ह्याङ्गरमा झुन्डाएर राख्न सक्नुहुन्छ । 

प्लास्टिकको ब्याग प्रयोग गर्नुहोस्

केरा यदि खुल्ला वातावरणमा राखियो भने छिटो पाक्छ । त्यसैले केराको माथिको डाँठ निकालेर त्यसलाई कुनै प्लास्टिक वा पोलिथिन ब्यागमा राखेर राम्रोसँग र्‍याप गर्नुहोस् । केरामा हावा पसेन भने यो धेरै समयसम्म बिग्रँदैन ।

फ्रिजमा नराख्नुहोस् केरा

गर्मीको मौसममा सबै खानेकुरालाई फ्रिजमा राख्न सल्लाह दिइन्छ । यद्यपि, केरामा यो नियम लागू हुँदैन । केरा फ्रिजमा राख्दा त्यसको बोक्रा कालो हुन्छ र छिट्टै बिग्रने सम्भावना हुन्छ । यस्तोमा केरालाई कहिले पनि फ्रिजमा राख्ने गल्ती नगर्नुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप