भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै प्रहरी प्रशासनविरुद्ध एमालेको प्रदर्शन
जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथि झुटा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासनविरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशङ्कर अरगरियाको नेतृत्वमा एमाले नेता कार्यकर्ताहरूले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेका हुन् ।
भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेका हुन् । एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।

भ्रष्टाचारको आरोप लागेका इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो झन् संरक्षणमा लागेको पूर्वमन्त्री अरगरियाले आरोप लगाए । शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरियाले बताए । शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई युवाहरूको समूहले कालोमोसो दलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण