बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु

शनिबार, ०२ असार २०८०, २२ : ४५
शनिबार, ०२ असार २०८०

रौतहट । रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप