रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु
शनिबार, ०२ असार २०८०, २२ : ४५
रौतहट । रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण