‘तिमी बिना जीवन’ मा सीमान्त र स्वरूपको रोमान्स
आइतबार, ०३ असार २०८०, १३ : ०७
काठमाडौँ । सीमान्त सन्तोष र सब्बु केसीको स्वर रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत रहेको गीतमा योगशकाजीको सङ्गीत संयोजन रहेको छ ।
सुदिप बरालको निर्देशन रहेको भिडियोमा सीमान्त र स्वरूप सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाङ्कन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
‘उचाई’ एल्बमबाट साङ्गीतिक यात्रा सुरु गरेका सीमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थाली हौ’, ‘हेरिदेउन् छड्के छड्के’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण