आईसीसी एकदिवसीय विश्वकप छनोट
जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा
आइतबार, ०३ असार २०८०, १४ : १०
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ६३ बलमा ५० रन बनाएका हुन् । यसक्रममा उनले आठवटा चौका पनि हिर्काए ।
कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८६ रनको साझेदारी गरिसकेका छन् । आसिफ ३० रन बनाउँदै क्रिजमा छन् । उनले ५९ बलको सामना गरी दुई चौका प्रहार गरेका छन् । नेपालका ओपनरले ४.११ को औसतमा रन बनाएका छन् । पछिल्लो समय नेपालले २१ ओभरमा ८६ रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण