ड्राई सिजनका कारण ७० प्रतिशत विद्युत् उत्पादन घट्यो : कार्यकारी निर्देशक घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदयाम (ड्राई सिजन)का कारण ७० प्रतिशतले विद्युत् उत्पादन घटेको बताएका छन् । एउटा हाइड्रोबाट सिजनमा तीन हजार किलोवाट विद्युत् उत्पादन हुनेमा अहिले सो घटेर १ हजारको हाराहारीमा झरेको बताउँदै कार्यकारी निर्देशक घिसिङले बजारको डिमान्ड धान्न मुस्किल परेको बताए ।
‘अहिले दैनिक बजारको माग २ हजार मेगावाटको छ । सन् २०३० सम्ममा यस्तो डिमान्ड ५ हजार मेगावाट पुग्ने अनुमान छ । तर, हिउँदमा यति डिमान्ड पुरा हुँदैन, बाहिरबाट किन्नुपर्ने बाध्यता छ’ घिसिङले भने, ‘५ हजार मेगावाटको डिमान्ड फूलफिल गर्न पनि हामीले अब कम्तीमा १५ हजार मेगावाट उत्पादन क्षमता पु¥याउनुपर्छ ।’
यो हिउँदका लागि मात्र भएकाले बखायाममा १५ हजार मेगावाट नै उत्पादन हुँदा १० हजार मेगावाट बढी हुने हुँदा निर्यात गर्ने बाटो खोजिएको उनले बताए ।
हाल उत्पादित जलविद्युत एकतिहाईमा खुम्चिन पुग्दा विद्युत् सप्लाइमा समस्या आएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । अन्डरभोल्टेज विद्युत् सप्लाई भइराख्दा थप गर्मीका कारण एसी, फ्यान, कुलर लगायतका उपकरणहरुको बढी प्रयोगले समेत समस्या आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण