आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अवैध सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

आइतबार, ०३ असार २०८०, १७ : ४९
आइतबार, ०३ असार २०८०

कञ्चनपुर ।  अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीबाट १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको अवैध सामानसहित २ वटा भारतीय मोटरसाइकल आइतबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

युए०६ए ३६०२ र युके०६एआर २९७५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ६० केजी भटमास ३ बोरा युरिया मल र १ बोरा गुड नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल  कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप