अवैध सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा
आइतबार, ०३ असार २०८०, १७ : ४९
कञ्चनपुर । अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीबाट १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको अवैध सामानसहित २ वटा भारतीय मोटरसाइकल आइतबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
युए०६ए ३६०२ र युके०६एआर २९७५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ६० केजी भटमास ३ बोरा युरिया मल र १ बोरा गुड नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण