ग्रिस डुङ्गा दुर्घटना : पाकिस्तानमा जुन १९ मा राष्ट्रिय शोक, सरिफले भने– दोषीलाई कडा सजाय दिनेछ
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दक्षिणी ग्रिस नजिकै भएको डुङ्गा दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मानव तस्करविरुद्ध कडा कारबाही गरिने बताएका छन् ।
उनले दोषीलाई कडाभन्दा कडा सजाय दिइने बताएका छन् । सरिफले पाकिस्तानमा १९ जूनमा राष्ट्रिय शोक मनाइनेछ ।
यस घटनामा अहिलेसम्म थुप्रै पाकिस्तानी नागरिकसहित सयौँ मानिस बेपत्ता छन् भने ८० जनाको शव फेला परेको छ ।
यो डुङ्गामा सिरिया र इजिप्टका मानिसहरू पनि सवार थिए ।
पाकिस्तानी अधिकारीहरूले यस घटनामा संलग्न रहेको आरोपमा धेरैलाई पक्राउ गरेको बताएका छन् ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले यस दुर्घटनामा ५०० जना बेपत्ता भएको आशङ्का गरेको थियो । यो डुङ्गामा करिब ७५० जना मानिस थिए ।
प्रत्येक वर्ष हजारौँ पाकिस्तानी युवाहरू राम्रो जीवनको खोजीमा वैध कागजातहरू बिना युरोपको जोखिमपूर्ण यात्रामा जाने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण