ग्रिस डुङ्गा दुर्घटना : पाकिस्तानमा जुन १९ मा राष्ट्रिय शोक, सरिफले भने– दोषीलाई कडा सजाय दिनेछ

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दक्षिणी ग्रिस नजिकै भएको डुङ्गा दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मानव तस्करविरुद्ध कडा कारबाही गरिने बताएका छन् ।
उनले दोषीलाई कडाभन्दा कडा सजाय दिइने बताएका छन् । सरिफले पाकिस्तानमा १९ जूनमा राष्ट्रिय शोक मनाइनेछ ।
यस घटनामा अहिलेसम्म थुप्रै पाकिस्तानी नागरिकसहित सयौँ मानिस बेपत्ता छन् भने ८० जनाको शव फेला परेको छ ।
यो डुङ्गामा सिरिया र इजिप्टका मानिसहरू पनि सवार थिए ।
पाकिस्तानी अधिकारीहरूले यस घटनामा संलग्न रहेको आरोपमा धेरैलाई पक्राउ गरेको बताएका छन् ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले यस दुर्घटनामा ५०० जना बेपत्ता भएको आशङ्का गरेको थियो । यो डुङ्गामा करिब ७५० जना मानिस थिए ।
प्रत्येक वर्ष हजारौँ पाकिस्तानी युवाहरू राम्रो जीवनको खोजीमा वैध कागजातहरू बिना युरोपको जोखिमपूर्ण यात्रामा जाने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु