एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते हुने
सोमबार, ०४ असार २०८०, १८ : ४५
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन आगामी भदौ २९ र ३० गते गर्ने निर्णय भएको छ। सोमबार बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
एमाले सुर्खेतका युवा नेता एवं प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमै हुने छ ।
उनका अनुसार असार १५ गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय भएको छ भने असार २९ सम्म सबै जिल्ला कमिटीको बैठक बसिसक्ने र असार मसान्तसम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरिसक्ने निर्णय भएको छ।
यस्तै जिल्ला र पालिकासम्म पनि प्रचार विभागहरू गठन गरिने र जनसंगठनका कामहरूलाई व्यवस्थित गरिने छ । कर्णालीमा यसअघि अधिवेशन भएको थिएन । अहिले प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाहलाई केन्द्रले नै तोकेर पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण