शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते हुने

सोमबार, ०४ असार २०८०, १८ : ४५
सोमबार, ०४ असार २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन आगामी भदौ २९ र ३० गते गर्ने निर्णय भएको छ। सोमबार बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

एमाले सुर्खेतका युवा नेता एवं प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमै हुने छ ।

उनका अनुसार असार १५ गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय भएको छ भने असार २९ सम्म सबै जिल्ला कमिटीको बैठक बसिसक्ने र असार मसान्तसम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरिसक्ने निर्णय भएको छ।

यस्तै जिल्ला र पालिकासम्म पनि प्रचार विभागहरू गठन गरिने र जनसंगठनका कामहरूलाई व्यवस्थित गरिने छ । कर्णालीमा यसअघि अधिवेशन भएको थिएन । अहिले‌  प्रदेश अध्यक्ष रहेका विनोदकुमार‌ शाहलाई केन्द्रले नै तोकेर पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप