गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक छ: राजदूत श्रीवास्तव
रुपन्देही । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । लुम्बिनीमा आज आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए ।
उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए । उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर नै फैलिनु खुसीको विषय भएको बताए ।
उनले भने, ‘योगले नेपाल र भारतलाई जोडेको छ, साथै यसले विश्वभर जोडिँदै गएको छ । योग भारत र नेपालमा मात्रै होइन, विश्वभर प्रचलित छ । हामी चाहन्छौँ की हरेक वर्ष २० जुन वा ३१ जुनमा लुम्बिनीमा योग दिवस मनाइयोस् । यो पहिलो पटक हो, अर्को वर्षमा पनि मनाउनेछौँ । सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौँ । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’
राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण