सर्वसाधारणका लागि खुल्यो थ्रीस्टारको आईपीओ
काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ६लाख १३ हजार १६२ कित्ता सेयर बिक्री खुलाएको हो ।
कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत अर्थात १२ लाख ३१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको थियो । हाइड्रोपावरको जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ । जारी पुँजीको २५ प्रतिशतमध्येको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री भइसकेको छ ।
यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १५ प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री सम्पन्न भइसकेको छ । यसै गरी, कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर बिक्री गरेर बाँकी बसेको ६लाख १३ हार १६२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
चालू आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्क ९३.०४ रुपैयाँ छ । यस्तै, जगेडा कोषमा ४ करोड ५८ लाख रुपैयाँ छ । कम्पनीले ६.६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण