राजेशपायलले सार्वजनिक गरे ‘जुनियर किङ’
काठमाडौँ । गायक तथा नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले छोरा सार्वजनिक गरेका छन् ।
सांगीतिक क्षेत्रमा सधैं चर्चामा रहने राजेशपायललाई पछिल्लो केही समयता विवाह र सन्तानको कारण चर्चामा छाउँदै आएका थिए । तर पनि उनले अहिलेसम्म विवाह र सन्तानबारे औपचारिक सार्वजनिक नगर्दा विभिन्न खाले टिप्पणी हुँदै आएको छ ।
विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला ‘राई इज किङ’ राजेशपायलले ‘जुनियर किङ’ अर्थात छोरा सायारेमको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । गीतमा शब्द अग्नि साम्पाङ राईको छ ।
गत वर्ष यसै समयमा राजेशपायलले विवाह गरेको समाचार सार्वजनिक भएको थियो । साथै, समाचारसँगै सायाबुङ र छोरा सायारेमको तस्बिर समेत सार्वजनिक भएको थियो । त्यससँगै राजेशपायलको विवाहबारे विभिन्न खाले चर्चा र टिप्पणी हुँदै आएको छ । तर, उनले सार्वजनिक रुपमा केही बोलेका थिएनन् ।
त्यसैले पनि राजेशपायलको विवाह र सन्तानको विषयलाई लिएर सञ्चारमाध्यमले विभिन्न किसिमबाट टिप्पणी गर्दै आएका छन् । सञ्चारमाध्यमले गरेका टिप्पणीप्रति पनि उनी मौन थिए । त्यसैले कतिपयले भन्थे, ‘राजेशपायलले विवाह गरेको स्वीकारिसके, सार्वजनिक गर्न मात्र बाँकी छ ।’ मंगगलबार छोरा सायरेमप्रति समर्पित गीत सार्वजनिक गरेर विवाहलाई औपचारिक रुपमा स्वीकारेका छन् ।
सायरेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार बिहान ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । यससँगै राजेशपायलले औपचारिकरुपमा छोरा स्वीकारेको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण