कांग्रेस र एमालेको सरकार हुने सम्भावना छैन : माधव सापकोटा
मङ्गलबार, ०५ असार २०८०, १९ : २०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र कांग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन् ।
सांसद सापकोटाले अहिले नै एमाले र कांग्रेस बीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए । उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । उनले समाजवादी मोर्चा भनेको समाजवादका आधार स्तम्भ निर्माण गर्न निर्मित भएको बताए ।
सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण