मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमालेको सरकार हुने सम्भावना छैन : माधव सापकोटा

मङ्गलबार, ०५ असार २०८०, १९ : २०
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र कांग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन् ।   

सांसद सापकोटाले अहिले नै एमाले र कांग्रेस बीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए । उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । उनले समाजवादी मोर्चा भनेको समाजवादका आधार स्तम्भ निर्माण गर्न निर्मित भएको बताए । 

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप