दक्षिण अफ्रिकामा बाढीले २ जनाको मृत्यु

केप टाउन । दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढीबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ। यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएका छन् ।
"दुर्भाग्यवश बाढीमा दुई जनाले ज्यान गुमाएका छन्। हामी हराएकाहरूका प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। प्रत्येक जीवन गुमाउनु दुःखद हो," उनले प्रान्तीय सरकारको वेबसाइटलाई उद्धृत गर्दै भनेका छन् ।
जुन १४ र जुन १९ बीचको भारी वर्षाको कारण दक्षिण अफ्रिकाको दक्षिणी प्रान्त पश्चिमी केपका केही क्षेत्रहरूमा ठूलो बाढी निम्त्याएको छ। गत हप्तादेखि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा नदी पार गरेर यात्रा गर्ने र जोखिमयुक्त सडकमा नजान सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै