बाबुरामको ठोकुवा : ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ । को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ’, डा. भट्टराईको दावी छ । उनले रास्वपा नेपाली राजनीतिमा आएकोमा शुभकामना दिँदै भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले नयाँ चाहेका हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण