बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको ठोकुवा : ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ

बिहीबार, ०७ असार २०८०, १७ : २०
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् । 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । 

‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ । को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ’, डा. भट्टराईको दावी छ ।  उनले रास्वपा नेपाली राजनीतिमा आएकोमा शुभकामना दिँदै भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले नयाँ चाहेका हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप