समाजवादीले यथास्थितिमा बजेट स्वीकार नगर्ने, प्रधानमन्त्री र अर्थमन्त्रीसँग माधव नेपालले छलफल गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने बताएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।
साथै सत्ता गठबन्धनका सबै नेतासँग पनि बजेटबारे छलफल गर्न बैठकले माधव नेपाललाई सुझाव दिएको पाण्डेले बताए । उनले असन्तुलित भएको ठाउँमा सन्तुलित गरेमात्रै बजेट पारित गर्न सकिने बताए ।
पाण्डेले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताए । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे । उनले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताए । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाई छ ।
पाण्डेले भने,'हामी बजेट बनाउन भोट हाल्नेले १३८ भन्दा बढी भोट हाल्छौं, यो कुरा सुधार भएपछि भोट हाल्छौ भनेपछि सरकार ढल्छ भन्ने कुरा पनि भएन । तर यथास्थितिमा अहिले जस्ता छ त्यस्तै चाहिँ हुन सक्दैन ।'
शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेको भन्दै उनले बजेट संशोधन गर्न नसक्ने भन्नु गलत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण