सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

समाजवादीले यथास्थितिमा बजेट स्वीकार नगर्ने, प्रधानमन्त्री र अर्थमन्त्रीसँग माधव नेपालले छलफल गर्ने

बिहीबार, ०७ असार २०८०, १८ : ०१
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने बताएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए । 

साथै सत्ता गठबन्धनका सबै नेतासँग पनि बजेटबारे छलफल गर्न बैठकले माधव नेपाललाई सुझाव दिएको पाण्डेले बताए । उनले असन्तुलित भएको ठाउँमा सन्तुलित गरेमात्रै बजेट पारित गर्न सकिने बताए । 

पाण्डेले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताए । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे । उनले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताए । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाई छ ।  

पाण्डेले भने,'हामी बजेट बनाउन भोट हाल्नेले १३८ भन्दा बढी भोट हाल्छौं, यो कुरा सुधार भएपछि भोट हाल्छौ भनेपछि सरकार ढल्छ भन्ने कुरा पनि भएन । तर यथास्थितिमा अहिले जस्ता छ त्यस्तै चाहिँ हुन सक्दैन ।'  

शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेको भन्दै उनले बजेट संशोधन गर्न नसक्ने भन्नु गलत भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप