साताको सेयर बजार : १३ अंकले नेप्से बढ्दा २० अर्बको कारोबार
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।
उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ ।
मार्केट क्यापिटलाइजेशन ३० खर्ब नाघ्यो
यो साता सेयर बजारले केहीँ लय समातेसँगै मार्केट क्यापिटलाइजेशन समेत बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो । अघिल्लो साता मार्केट क्यापिटलाइजेशन २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँमा अडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण