भरूवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-१ नोचेतस्थित म्यानम्यान सामुदायिक जंगलको छेउबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय कुल बहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ रहेका छन् । कुल बहादुर तामाङ, लालिमान तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय विजय तामाङले लोड अवस्थामा रहेको भरुवा बन्दुक लिई दुम्सी मार्न हिँडेकोमा अचानक भरूवा बन्दुक पड्किँदा विजय तामाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । गम्भीर घाइते विजय तामाङको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ ।
त्यस्तै तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार बस्ने ५९ वर्षीय टेक बहादुर सोतीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
यता धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ मार्पाङस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण