सियारी गाउँपालिका नीति तथा कार्यक्रम : कृषि र पर्यटन प्राथमिकतामा
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सियारी गाउँपालिकाको १३ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले १६४ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकतामा दिएको हो ।
नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयामिक गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी : समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ निर्माण गर्ने दीर्घकालीन सोच उल्लेख गरिएको छ ।
कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै ‘व्यावसायिक कृषि पेशा अवलम्बन गरौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले सियारीले दूध उत्पादन, माछा तथा मकै खेतीमा सुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिने बताए । उनले आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकालाई खाद्यान्न, दूध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
कृषि पर्यटनको गन्तव्य स्थलको रूपमा सियारीलाई विकास गरिने र नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको सिर्जना गरिने उल्लेख छ ।
मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको व्यापक प्रचार र सु–व्यवस्थामार्फत मत्स्य पर्यटन प्रवर्द्धन गरिने जनाएको छ ।
सियारी गौरवको एक मात्र योजना सियारी पर्यटन कोरिडोरलाई अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण