यस्तो छ तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनले आर्थिक वर्ष ०८०/०८१ को नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गरेको १ सय ५५ बुँदामा समेटिएको नीति कार्यक्रम नगर सभाले पारित गरेसँगै अब बजेट ल्याउनका लागि बाटो खुलेको छ ।
‘समृद्ध नगर खुसी नगर बासी’ नारा रहेको नीति कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगर प्रमुख खाँणले बताए ।
नगरपालिकाले आर्थिक विकास अन्तर्गत कृषि, पशु, रोजगारी,पर्यटनतर्फ खेतबारीमा उत्पादन, हात हातमा अनुदानको नीति अपनाइने बताएको छ । नगरका प्रमुख खाँणका अनुसार बालीहरूमा देखापर्ने रोगहरूको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र विशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गरिनेछ भने बाली बिमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
नगरपालिकामा एक भूमि बैङ्क स्थापना गरिने योजना समेत अघि सारिएको छ । सार्वजनिक तथा नदी उकास जग्गाको लगत सङ्कलन गरी उक्त जग्गामा वैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह, युवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक सङ्घ संस्थाहरूलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल र तरकारी खेती तथा अन्य कृषिजन्य उत्पादनका लागि प्रोत्साहन गरिने योजना पनि अघि सारिएको छ ।
सामूहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरूलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने कार्यक्रममा समेटिएको छ । मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने र विभिन्न सुपर मार्केटहरूसँग सम्झौता गरी ती बजारमा तिलोत्तमाको उत्पादन बिक्री वितरणको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताए ।
पशु सेवालाई प्रभावकारी रूपमा सम्पादन गरी पशुपंक्षीहरुको आकस्मिक उद्धार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सक सहितको ‘भेट एम्बुलेन्स’ सेवा सञ्चालन गरिने समेत बताइएको छ ।
उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरूमा मिनी–मास्ट बत्ती जडान गरिने र आवश्यकताका आधारमा नगरका भित्री सडकमा स्ट्रिट लाइट जडान गरिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । शंकरपुर चोकदेखि नगर कार्यपालिका कार्यालयसम्मका लागि निःशुल्क ई– रिक्साको व्यवस्था र नगर बस सञ्चालन गरिने बताइएको छ ।
‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ अभियान अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सिँचाई प्रणाली लगायतका सामुदायिक सिँचाई प्रणालीहरूको मर्मत, सुधार तथा सबलीकरण गरिने जनाइएको छ । नगर क्षेत्रभित्र सञ्चालित सञ्चारका माध्यमहरूको विकास तथा विस्तारको लागि सहयोग तथा पहल गरिने समेत कार्यक्रममा समेटिएको छ ।
नगरसँग जनताको आशः व्यवस्थित र सरल नक्सा पास” घर नक्साको कार्यका लागि फरक फरक २० वटा नक्साको डिजाइन नगरपालिका आफैले तयार गरी नगरवासीलाई निःशुल्क प्रदान गरिने समेत नीति कार्यक्रममा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण