फोरमैला व्यवस्थाका लागि काठमाडौँ महानगरले छुट्यायो ८७ करोड ९३ लाख बजेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरभित्रको फोर व्यवस्थापनका लागि कूल ८७ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षभित्रमा फोहरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणालीसहितको कार्यक्रम सञ्चालन गर्नका लागि उक्त बजेट छुट्याएको महानगरले जनाएको छ ।
जसमध्ये सरसफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि मात्र २७ करोड रुपैयाँ विनियोजन गरिएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।
महानगर क्षेत्रभित्रका नदीहरुको नियमित सरसफाइ गरी नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालनका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको समेत उपमेयर डंगोलले जानकारी दिइन् ।
यस कार्यक्रममा विभिन्न संघसंस्था, निजी क्षेत्र र सरकारी निकायहरुसँग समेत समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको वक्तव्य छ ।
वायु प्रदूषण, ध्वनि प्रदूषणलगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानको लागि समेत आवश्यक रकम छुट्याइएको उपमेयर डंगोलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण