काठमाडौँ महानगरले थप ८०३ जना कर्मचारी करारमा भर्ती गर्ने, नगर प्रहरीको कोटा ५ सय
आइतबार, १० असार २०८०, १५ : १३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा थप ८०३ जना नयाँ कर्मचारी करारमा लिने भएको छ ।
आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको महानगरले महानगरको क्षेत्रगत विषयको जनशक्तीको अभावलाई तत्काल परिपूर्ति गर्न कुचीकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगर प्रहरी जवान १५१ लाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउने जनाएको छ ।
यसका लागि महानगरले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।
साथै हालको नगर प्रहरीतर्फ कोटा समेत बढाएर कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरिएको डंगोलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण