काठमाडौँ महानगरको बजेटको आकार सुदूरपश्चिम प्रदेशको जत्रै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुदूरपश्चिम प्रदेश हाराहारीकै बजेट पेस गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशले ल्याएको हाराहारीकै बजेट ल्याएको हो ।
आज असार १० गते आफ्नो बजेट पेस गर्दै संघीय राजधानी समेत रहेको महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट प्रदेशहरूमध्ये सबैभन्दा न्यून बजेट ल्याएको सुदूरपश्चिम प्रदेशकोभन्दा ३ अर्ब ७२ करोड मात्रै कम हो । यसअघि, असार १ गते सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड रुपैयाँको बजेट पेस गरेको थियो । उक्त मितिमा सात वटै प्रदेशहरूले आफ्नो बजेट पेस गरेका थिए । र, ७ प्रदेशमध्ये सबैभन्दा न्यून बजेट ल्याउनेको सूचीमा सुदूरपश्चिम प्रदेश थियो ।
चालू आर्थिक वर्ष २०७९/८० मा काठमाडौँ महानगरले २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि महानगरले १३ करोड बढाएर २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको हो । यस्तै, गत आर्थिक वर्षमा महानगरले १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेशहरूको बजेट सूचीमा सुदूरपश्चिमपछि कर्णाली र गण्डकीको समान ३३/३३ अर्ब, कोसीको ३६ अर्ब, लुम्बिनीको ४० अर्ब, मधेसको ४४ अर्ब र बागमती प्रदेशको ६२ अर्ब रुपैयाँ छ । यस्तै, हालसम्म भरतपुर, वीरगन्ज, विराटनगर लगायत महानगरले बजेट पेस गरेका छन् ।
भरतपुरले ६ अर्ब ३१ करोडको बजेट ल्याउँदा विराटनगरले ३ अर्ब २८ करोडको बजेट ल्याएको छ । यस्तै, वीरगन्ज महानगरले ३ अर्ब २१ करोड रुपैयाँको बजेट ल्याएको छ । ललितपुर र पोखरा महानगरले भने बजेट सार्वजनिक गरिसकेका छैनन् ।
घट्यो पूर्वाधारतर्फको बजेट
महानगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फको बजेटको आकार घटाएको छ । महानगरले चालू वर्षका लागि पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, आगामी आर्थिक वर्षका लागि भने ७ अर्ब ३४ करोड घटाएको छ । यो चालू वर्षमा पूर्वाधार विकासका लागि विनियोजित बजेटभन्दा ४ अर्ब ४६ करोडले कम हो ।
तीन वर्षमा ९ अर्बले बढ्यो बजेटको आकार
पछिल्लो तीन आर्थिक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाको बजेटको आकार ९ अर्ब २८ करोडले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ सम्मको अवधिमा उक्त आकारले काठमाडौँ महानगरको बजेट बढेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा महानगरले १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो । जबकी, आगामी आर्थिक वर्षमा २५ अर्ब ५४ करोड रुपैयाँ आकारको बजेट विनियोजन भएको छ । महानगरले चालू आर्थिक वर्षमा एकाएक आफ्नो बजेटको आकार ९ अर्ब १५ करोडले बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण