प्रधानमन्त्री प्रचण्डले पनि आफूले चाहेको सबै काम गर्न सक्नुहुन्न : मन्त्री राई
काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डले पनि आफूले चाहेको जस्तो काम गर्न नसक्ने बताउँदै गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शिक्षामन्त्री समेत रहेका अध्यक्ष राईले गठबन्धन सरकारमा कसैले पनि आफ्नै तरिकाले काम गर्न नपाउने स्पष्ट पारेका हुन् ।
जसपाको आजदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राईले भने, ‘सरकारमा हामी तीन जना सहभागी भएका छौँ । संयुक्त सरकार भएको कारण त्यसको आफ्नो सीमा छ । गठबन्धन सरकारमा कसैले पनि आफ्नै अनुसार काम गर्न सक्दैन । कहीँ न कहीँ सम्झौता गर्नुपर्छ । सबै कुरा आफूले मात्र चाहेको जस्तो काम गर्ने अवस्था छैन ।’
पार्टीलाई एउटा असल विधान चाहिने भएकाले अधिवेशनबाट विधानलाई उत्कृष्ट बनाउन राईले सबैलाई अपिल पनि गरे । ‘जसरी राज्य चल्नका निम्ति न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बनाइएको छ, त्यसरी नै पार्टीमा पनि त्यही व्यवस्था गरेको हुन्छ । यो मस्यौदामा सबै चिज परेका छन् अझै प्रभावकारी बनाउन सबै छलफलमा जुटौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण