बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले पनि आफूले चाहेको सबै काम गर्न सक्नुहुन्न : मन्त्री राई

आइतबार, १० असार २०८०, १६ : ४८
आइतबार, १० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डले पनि आफूले चाहेको जस्तो काम गर्न नसक्ने बताउँदै गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । 

शिक्षामन्त्री समेत रहेका अध्यक्ष राईले गठबन्धन सरकारमा कसैले पनि आफ्नै तरिकाले काम गर्न नपाउने  स्पष्ट पारेका हुन् ।

जसपाको आजदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राईले भने, ‘सरकारमा हामी तीन जना सहभागी भएका छौँ । संयुक्त सरकार भएको कारण त्यसको आफ्नो सीमा छ । गठबन्धन सरकारमा कसैले पनि आफ्नै अनुसार काम गर्न सक्दैन । कहीँ न कहीँ सम्झौता गर्नुपर्छ । सबै कुरा आफूले मात्र चाहेको जस्तो काम गर्ने अवस्था छैन ।’

पार्टीलाई एउटा असल विधान चाहिने भएकाले अधिवेशनबाट विधानलाई उत्कृष्ट बनाउन राईले सबैलाई अपिल पनि गरे । ‘जसरी राज्य चल्नका निम्ति न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बनाइएको छ, त्यसरी नै पार्टीमा पनि त्यही व्यवस्था गरेको हुन्छ । यो मस्यौदामा सबै चिज परेका छन् अझै प्रभावकारी बनाउन सबै छलफलमा जुटौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप