लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो ८२ करोड ९९ लाखको बजेट
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आइतबार नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८०–०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । यसमध्ये सङ्घको समानीकरण अनुदान तर्फ १७ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाँडतर्फ १४ करोड ४१ लाख ९७ हजार समपूरक अनुदान तर्फ १ करोड तीस लाखको अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार सशर्त अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाँटतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपूरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै,गत वर्षको बैङ्क मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरी बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आ।व २०७९–०८०को असार १० गते सम्म आई पुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाइएको छ । नगर सभाले आगामी वर्ष २०८०–०८१ लागी प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको नीति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पूर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण