सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सरकार बनाउन हतारिँदैन, मौका आए छोड्दैन : रघुजी पन्त

आइतबार, १० असार २०८०, १८ : २३
आइतबार, १० असार २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन् । 

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेको बताए । उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए । उनले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताए ।  

सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप