मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

असार १२ गते संसदबाट बजेट पास हुन्छ : सांसद सापकोटा

आइतबार, १० असार २०८०, १८ : २९
आइतबार, १० असार २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् ।  

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिबद्धता जनाइसकेकाले बजेट पास हुने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताए ।  

सांसद सापकोटाले नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप