शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको नीति तथा कार्यक्रम पारित

आइतबार, १० असार २०८०, २० : ३७
आइतबार, १० असार २०८०

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । मेयर धनराज आचार्यले महानगरको १३ औँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

मेयर आचार्यले आइतबार नगरसभामा एक सय ४३ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

मेयर आचार्यले नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने जनाएका छन् । उनले पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोज लागु गर्ने सुनाए । 

उनले महानगरले महाशाखा, शाखा तथा वडाहरुको सोलाई प्रविधिमैत्री बनाइने बताए । उनले कर प्रशासनलाई सरलीकृत गर्दै आगामी आर्थिक वर्षमा अनलाइन प्रणाली मार्फत कर संकलन गर्ने बताए । 

महानगरले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने मेयर आचार्यले जनाए । बारीदेखि बजारसम्म, उत्पादनदेखि उपभोक्तासम्म भन्ने नारा दिएर कृषि बजारीकरण गर्ने उनले सुनाए । 

मेयर आचार्यले महानगर र सहकारी, उत्पादन र बजारीकरणमा साझेदारी भन्न मान्यताका साथ सहकारी क्षेत्रमा रहेको सर्वसाधारणको बचत सुरक्षित गर्ने अनुगमन र नियमनलाई प्रभावकारी बनाइने सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप