पोखरा महानगरको नीति तथा कार्यक्रम पारित
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । मेयर धनराज आचार्यले महानगरको १३ औँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
मेयर आचार्यले आइतबार नगरसभामा एक सय ४३ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
मेयर आचार्यले नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने जनाएका छन् । उनले पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोज लागु गर्ने सुनाए ।
उनले महानगरले महाशाखा, शाखा तथा वडाहरुको सोलाई प्रविधिमैत्री बनाइने बताए । उनले कर प्रशासनलाई सरलीकृत गर्दै आगामी आर्थिक वर्षमा अनलाइन प्रणाली मार्फत कर संकलन गर्ने बताए ।
महानगरले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने मेयर आचार्यले जनाए । बारीदेखि बजारसम्म, उत्पादनदेखि उपभोक्तासम्म भन्ने नारा दिएर कृषि बजारीकरण गर्ने उनले सुनाए ।
मेयर आचार्यले महानगर र सहकारी, उत्पादन र बजारीकरणमा साझेदारी भन्न मान्यताका साथ सहकारी क्षेत्रमा रहेको सर्वसाधारणको बचत सुरक्षित गर्ने अनुगमन र नियमनलाई प्रभावकारी बनाइने सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण