दिल्ली लैजानु पर्ने विमान जयपुर लगे अनि ड्युटी सकियो भनेर पाइलट हिँडे...

नयाँ दिल्ली । ड्युटी सकिएको भन्दै पाइलट हिँडे पछि जयपुरमा ६ घण्टासम्म यात्रु अलपत्र परेका छन् । लन्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए ।
समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो । दिल्लीको खराब मौसमका कारण आइतबार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।
एयर इन्डियाको उडान एआई–११२ लन्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो । स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।
विमानमा सवार भारतीय मूलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिँडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए । उनीहरूले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्विट गर्दै गुनासो गरेका थिए ।
यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो । तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो । पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने व्यवस्था गरेको थियो ।
उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए । यात्रुहरूको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरूलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप