शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

सोमबार, ११ असार २०८०, ११ : ०७
सोमबार, ११ असार २०८०

काठमाडौँ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो । 

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप