लोक दोहोरी प्रतिष्ठानले भन्यो– ‘प्रकाश सपुतमाथिको आक्रमणले सम्पूर्ण कलाकारको मन दुखेको छ ’

काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै रोमानियामा सपुतमाथि भएको क्रियाकलाले सम्पूर्ण नेपाली कलाकारको मन दुखेको समेत धारणा राखेको छ ।
‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्रकाश सपुतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा आफ्नो प्रस्तुति दिइरहेका बेला बोत्तल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानका अध्यक्ष रिता थापामगरद्धारा जारी विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ ।
आयोजक, त्यहाँस्थित कुटनैतिक नियोग एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको समेत ध्यानाकर्षण गराउँदै यस्ता घटनाले कलाकारको मनोबल गिर्नुका साथसाथै आफ्नै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छनीय क्रियाकलापले सम्पूर्ण नेपाली कलाकारहरूको मन दुखेको छ ।’ प्रतिष्ठानले दोषिमाथि कारबाही गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा