शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिक रोशनको फाइटरकाे टम क्रुजको फिल्मसँग तुलना

मङ्गलबार, १२ असार २०८०, १० : ३१
मङ्गलबार, १२ असार २०८०

मुम्बई । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि विभिन्र प्रतिक्रिया आउन थालेको छ ।  

तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।

ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’  रिलिज हुन ७ महिना बाँकी छ। 

जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले 'फाइटर' लाई टम क्रुजको फिल्म 'टप गन : मावेरिक'सँग तुलना गरेका छन्।

एक प्रयोगकर्ताले लेख्छन्, 'टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली' ।  अर्को प्रयोगकर्ता भन्छन्, 'के यो टप गनको रिमेक हो ?' तेस्रो प्रयोगकर्ता भन्छन्, 'सस्तो टप गन।' 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप