ऋतिक रोशनको फाइटरकाे टम क्रुजको फिल्मसँग तुलना
मङ्गलबार, १२ असार २०८०, १० : ३१
मुम्बई । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि विभिन्र प्रतिक्रिया आउन थालेको छ ।
तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।
ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’ रिलिज हुन ७ महिना बाँकी छ।
जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले 'फाइटर' लाई टम क्रुजको फिल्म 'टप गन : मावेरिक'सँग तुलना गरेका छन्।
एक प्रयोगकर्ताले लेख्छन्, 'टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली' । अर्को प्रयोगकर्ता भन्छन्, 'के यो टप गनको रिमेक हो ?' तेस्रो प्रयोगकर्ता भन्छन्, 'सस्तो टप गन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण