‘परस्त्री’को हिन्दी संस्करण नेपालमा रिलिज नहुने
काठमाडौँ । फिल्म ‘परस्त्री’ को हिन्दी संस्करण नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले हिन्दी संस्करण भारतमा मात्र प्रदर्शन हुने जानकारी दिए ।
नेपाली र हिन्दी गरेर दुई भाषामा निर्माण भएको फिल्म केही अगाडि भारतमा हिन्दी र नेपालमा हिन्दी, नेपाली दुबै रिलिज हुने बताइएको थियो । अहिले आएर निर्माण युनिटले नेपालमा हिन्दी रिलिज नहुने जानकारी दिएको हो ।
फिल्मको हिन्दी रिलिजका लागि मुम्बईमा रहेका निर्देशक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ ।’
फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।
शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्मको भारत प्रदर्शन तथा प्रिमियरका लागि निर्देशक पाण्डेसहित कलाकारको टिम केही दिनदेखि मुम्बईमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण