सरकारले भ्रष्टाचारका फाइल खोल्यो भनेर जनता पत्याउँदैनन् : अध्यक्ष केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गरे । उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भएपनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताए ।
अध्यक्ष केसीले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए ।
उनले भने, ‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन् । अलिअलि गरेजस्तो देखाउने एउटा कुरा हो, के गरी गर्लान् ? मलाई विश्वास लाग्दैन । भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो । भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ । गणतन्त्रप्रति जनताको आस्था घटेको छ । तँ रोए जस्तो गर्, मैले चिमोटेजस्तो गर्छु, भन्नेकुरा पहिलाको सरकारले पनि गर्थे, अहिले पनि हुन्छन्, ठूला ठूला भ्रष्टाचार नेपालमा भइरहेका छन्, भ्रष्टाचारका फाइल खोलिनुपर्छ ।’
अध्यक्ष केसीले नेपालमा ठूला ठूला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण