बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय योजना आयोगलाई पुनरसंरचना गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, १३ असार २०८०, १२ : ४९
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी रहेको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले आयोगलाई सरकारको विशिष्ट्रिकृत संस्थाको रुपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने उनले बताए । 

‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्ट्रिकृत संस्थाको रुपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले संसदमा भने ।  उसो त सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिययोजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप